Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मुख्यमन्त्रीकाे भाइरल अभिव्यक्ति-“फस्ट बेन्चरहरू खरदार भए,म लास्ट बेञ्चर मुख्यमन्त्री बनेँ !”


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले एक सामुदायिक विद्यालयमा दिएको अभिव्यक्ति भाइरल बनेको छ । विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालय तथा स्कुलका ट्यालेन्ट विद्यार्थी (फस्ट बेन्चर)हरू खरदार भएको तर आफू लास्ट बेञ्चर भएपनि मुख्यमन्त्री बनेको दाबी गरेका थिए । कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताएका छन् । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘

उनले गरेको यो भाषणको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । दुई दिनअघि भाषण गरेको उनले भनेका थिए, ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।’


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?