Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

भागबन्डाको टुंगो लगेपछि कोशीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


काठमाडौं। कोशी प्रदेशका सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा मन्त्री बाँडफाँडका विषयमा टुङ्गो लागेपछि मुख्यमन्त्री कार्कीले मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार माओवादीलाई २ वटा र कांग्रेसले २ वटा मन्त्रालय पाउने गरी सहमति भएको थियो । यसअघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रियसभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् ।

त्यस्तै, मन्त्रिपरिषद्को विस्तारको तयारी भए पनि नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण आजलाई भने मन्त्री परिषद् विस्तार नहुने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । अब विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् भने सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।

माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने भएका छन् ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?