Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भागबन्डाको टुंगो लगेपछि कोशीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


काठमाडौं। कोशी प्रदेशका सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा मन्त्री बाँडफाँडका विषयमा टुङ्गो लागेपछि मुख्यमन्त्री कार्कीले मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार माओवादीलाई २ वटा र कांग्रेसले २ वटा मन्त्रालय पाउने गरी सहमति भएको थियो । यसअघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रियसभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् ।

त्यस्तै, मन्त्रिपरिषद्को विस्तारको तयारी भए पनि नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण आजलाई भने मन्त्री परिषद् विस्तार नहुने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । अब विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् भने सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।

माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने भएका छन् ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?