१७ श्रावण, झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको
१७ श्रावण, भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ,
१७ श्रावण, मोरङ । इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला फरेका छन् । मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड बुधबार बिहान मृत फेला फरेका हुन् । मृत अवस्थामा फेला परेका गार्ड वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी रहेको प्रहरीले जानकारी दिएको छ । बैंकको
१७ श्रावण, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले शपथका लागि ११ बजेको समय निर्धारण गरेर तयारी गरिरहेको
१७ ,श्रावण ,इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका
१७ ,श्रावण ,ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ । आँखा जाँच, औषधि
१७ ,श्रावण ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ । नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पुर्याएको २२
१६ श्रावण, विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । सरकार गठन गर्न संविधानको धारा १६८(२) बमोजिम मङ्गलबार मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेश गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई
१६ श्रावण, विराटनगर । सत्ता गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गरेको छ । गठबन्धनका तर्फबाट उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापालाइ कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदले समर्थन गरेका छन् । गठबन्धनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गाैतमले आजै राजिनामा दिएका थिए
१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले राजिनामा दिएका छन् । सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन गर्न उनले मंगलबार राजिनामा दिएका हुन् । यसभन्दा अघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई समर्थन गरेपछि हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको फैसलासँगै गठबन्धनको सरकार नै ढलेको थियो ।