Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु


१९ श्रावण, इलाम । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

उहाँले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको हो । जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए । उनका अनुसार अरू अब क्रमशः आउनेछ ।

यो परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।

कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?