Trending
>>   अस्ट्रेलियाली बेरोजगारी दर ४.० प्रतिशतले बढ्यो >>   ‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’ >>   ‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’ >>   खानपान र थकान हृदयघातको मुख्य कारणः डा. शिवजीविक्रम सिलवाल >>   आज मिति २०८१ साल माघ ०५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिन्छ : गृहमन्त्री >>   रास्वपा काङ्ग्रेस-एमालेदेखि टुटेफुटेका सबै दलको विपक्षि हो ! >>   घुसपैठकाे आशंकाः कुटाइ खाने त्रिपाठी र हातपात गर्ने केसी दुवै कांग्रेस ! >>   शहीदको स्मरणमा शनिवार साँझ जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने >>   टाइगर कप भलिबलमा दुई विदेशी टोली
Logo
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

कोशी प्रदेश


प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर आकस्मिक अवतरण

४ असार, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको छ । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री सहितको टोली सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको हो । संखुवासभाको तुम्लिङटारबाट सोमबार दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको जानकारी दिइएको छ । गत

बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन तुम्लिङ्टार पुगे प्रधानमन्त्री

४ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन सङ्खुवासभाको तुम्लिङ्टार पुगेका छन् । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एक जनाको मृत्यु तथा १८ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए ।

झापा र इलामका दुग्ध किसानलाई अनुदान

४ असार, झापा । झापाको मेचीनगर–१२ धाइजनमा रहेको रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई रू ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ । दूध उत्पादन गरी डेरीलाई बिक्री गर्दै आएका किसानलाई व्यावसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिलिटर रू चारका दरले तीन हजार छ सय

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

४ असार, भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्याएको हो । बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री सहितको टोली प्रस्थान

४ असार, ताप्लेजुङ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु

४ असार, विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । लामो समयदेखि प्रदेशको नाममा असहमति जनाउँदै

पहिरोमा फसेका व्यक्तिको हेलिकप्टरमार्फत

४ असार, पाँचथर । अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक –१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएकामा याङवरक –१ निवासी नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, डिकमाया गुरुङ, काजुहाङ गुरुङ, सुनिता गुरुङ, मनबहादुर गुरुङ, सुस्मा गुरुङ, पदमबहादुर खालिङ

पहिरो गएपछि ओढारमा बसेका तीन जना सम्पर्क विहीन

४ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन् । बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन् । निरन्तर वर्षासँगै बाढी पहिरोले उँहाहरु बसेको याक्सा (गोठ)

ताप्लेजुङ पहिरो अपडेट- बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

४ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते हुनुभएका सुरेश राईको निधन भएको छ । स्थानीय कला कडरियाका अनुसार घाइते हुनुभएका राजकुमार राईको अवस्था गम्भीर छ । उहाँलाई हेलिकोप्टरमार्फत उपचारका लागि

बाढी पहिरोमा परी तीन जिल्लामा ११ जना बेपत्ता

४ असार, ताप्लेजुङ । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा शनिबार भएको वर्षापछि गएको पहिरामा परी ११  जना बेपत्ता हुनाका साथै सडक पूर्वाधार सहितमा ठूलो क्षति पुगेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरामा परी यादव बुढाक्षेत्रीको घर पूर्ण क्षति हुनाका साथै तीनजना व्यक्तिसमेत बेपत्ता भएका छन्

सम्वन्धित समाचारहरु