Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते


५ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो ।

उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनि घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए ।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् । बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए ।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरु अधिकांश  स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?