Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

ध्वजे डाँडामा २२ देशको झन्डा राखियो


५ असार, धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ ।

झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए ।

आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए ।

पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो ।

सूर्योदय हेर्न र घरबास सेवा (होमस्टे)का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ ।

पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमाङ्कनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ ।

 


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?