Trending
>>   ‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’ >>   ‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’ >>   खानपान र थकान हृदयघातको मुख्य कारणः डा. शिवजीविक्रम सिलवाल >>   आज मिति २०८१ साल माघ ०५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिन्छ : गृहमन्त्री >>   रास्वपा काङ्ग्रेस-एमालेदेखि टुटेफुटेका सबै दलको विपक्षि हो ! >>   घुसपैठकाे आशंकाः कुटाइ खाने त्रिपाठी र हातपात गर्ने केसी दुवै कांग्रेस ! >>   शहीदको स्मरणमा शनिवार साँझ जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने >>   टाइगर कप भलिबलमा दुई विदेशी टोली >>   काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु
Logo
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

कोशी प्रदेश


हेंवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

१५ असार, ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो । गत असार २ गतेको बाढी पहिरोले मोटरेबल पुल बगाए पछि जिल्ला सडक

एमाले सचिव योगेश भट्टराई इलामबाट लखेटिए, पार्टीले गर्यो निन्दा

१५ असार, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएको एमालले जनाएको छ

माओवादीले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। बिहीबार बिहान बसेको माओवादी केन्द्रको कोशी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको जानकारी दिइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले

कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजभण्डारीलाई सर्वोच्चले बयानका लागि बोलायो

१४ असार, काठमाडाैँ । सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको छ। उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाको प्रतिवेदनका आधारमा सर्वोच्चको एकल इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि बोलाएको हो। आदेशमा असार २१ गते १० बजे सर्वोच्चमा उपस्थित हुन भनिएको छ। मन्त्री राजभण्डारीले विचाराधीन मुद्दामा सरकारको

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गर्ने भएका छन् । प्रदेश सभा सचिवालयले बैठकको कार्यसूची प्रकाशन गरी मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गर्ने र निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची प्रकाशन गरेको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा

लमिबगर–पञ्चमी–छितापोखरी सडक गुणतस्तरहीन

१२ असार, खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो

राजमार्ग आवतजावत गर्ने यात्रुको लागि कोसेली बन्यो पूर्वी नेपालको निगुरो

१३ असार, काठमाडाैँ । शहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अर्गानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ। मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ। राजमार्ग आवतजावत

विषालु च्याउ खाँदा नौ जना बिरामी

१३ असार, पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई

जन्मजात मोतियाविन्दु भएका सागरको निःशुल्क शल्यक्रियापछि फेरिएको दैनिकी

१३ असार, मोरङ । रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाविन्दुको समस्या भएका कारण टाढाको वस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् । मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति सङ्घको पूर्वाञ्चल

मेची राजमार्ग पुनः अवरुद्ध

१३ असार ,पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले

सम्वन्धित समाचारहरु