Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पठन संस्कृतिका लागि ज्ञानघर


१६ असार ,बनियानी । झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्न ज्ञानघर निर्माण सुरु गरेको छ ।

शिवसताक्षी-७ स्थित ब्याङडाँडामा आज एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ थोप्रो (रोशन)ले विभिन्न पुस्तक प्रदान गरेर ज्ञानघरको उद्घाटन गरे ।

उनले भविष्यमा नगरका अन्य स्थानमा पनि ज्ञानघर निर्माण गरिने योजना रहेको बताए । नगरपालिकाको रु चार लाख र अन्य दाताको आर्थिक सहयोग तथा स्थानीय गोर्खाली हर्ट क्लबको संयोजनमा ज्ञानघर निर्माण सुरु गरिएको क्लबका अध्यक्ष विजय लिम्बूले बताए ।

यसै वर्षदेखि माइधार र धरमपुरमा पनि ज्ञानघर सञ्चालन गरिने र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञानघर निर्माण गरिने नगरपालिकाको भनाइ छ ।

कार्यक्रममा शिवसताक्षी-७ का वडाध्यक्ष भवानीविक्रम चेम्जोङले ज्ञानघर निर्माण नगरकै मात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको बताए । उनले ज्ञानघरबाट सबै उमेर र समूहका नागरिकलाई फाइदा लिनसमेत आग्रह गरे।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?