Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पठन संस्कृतिका लागि ज्ञानघर


१६ असार ,बनियानी । झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्न ज्ञानघर निर्माण सुरु गरेको छ ।

शिवसताक्षी-७ स्थित ब्याङडाँडामा आज एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ थोप्रो (रोशन)ले विभिन्न पुस्तक प्रदान गरेर ज्ञानघरको उद्घाटन गरे ।

उनले भविष्यमा नगरका अन्य स्थानमा पनि ज्ञानघर निर्माण गरिने योजना रहेको बताए । नगरपालिकाको रु चार लाख र अन्य दाताको आर्थिक सहयोग तथा स्थानीय गोर्खाली हर्ट क्लबको संयोजनमा ज्ञानघर निर्माण सुरु गरिएको क्लबका अध्यक्ष विजय लिम्बूले बताए ।

यसै वर्षदेखि माइधार र धरमपुरमा पनि ज्ञानघर सञ्चालन गरिने र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञानघर निर्माण गरिने नगरपालिकाको भनाइ छ ।

कार्यक्रममा शिवसताक्षी-७ का वडाध्यक्ष भवानीविक्रम चेम्जोङले ज्ञानघर निर्माण नगरकै मात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको बताए । उनले ज्ञानघरबाट सबै उमेर र समूहका नागरिकलाई फाइदा लिनसमेत आग्रह गरे।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?