१६ वैशाख, पाँचथपर । हावाहुरी र चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३, देउराली स्थित फर्ममा पालिएका ५४ वटा भेडा मरेका छन्।शुक्रबार राति दश बजे चलेको हावाहुरीसँगै परेको चट्याङले भेडा मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। स्थानीय प्रकाश राई, शुकबहादुर राई, सुरेन्द्र आङ्बो, टेकबहादुर गुरुङले संयुक्त रुपमा सञ्चालन गरेको फर्मका भेडा मरेका
१६ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको
१६ वैशाख ,खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा
१५ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको थियो ।
१४ वैशाख ,मङ्गलबारे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन् । उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए । नेकपा एमाले जिल्ला
१४ वैशाख ,इनरुवा । सुनसरीमा वैदेशिक रोजगारीको शिलसिलामा ठगीमा परेका परिवारलाई छ करोड क्षतिपूर्ति वापतको रकम पीडित परिवारलाई उपलब्ध गराइएको छ । पीडित परिवारले दिएको उजुरीका आधारमा सुनसरीमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित परिवारलाई चार वर्षमा रु छ करोडभन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध गराइएको हो । वैदेशिक रोजगारका
१४ वैशाख, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका गरेका छन् । बिहीबार इलाममा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको बताएका हुन् । उनले झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको भन्दै आक्रोश समेत
१४ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते
१३ वैशाख ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला गरिएको हो । आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली
१३ वैशाख ,विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन्। विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके