Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चट्याङ लागेर ४५ वटा भेडा मरे


१६ वैशाख, पाँचथपर । हावाहुरी र चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३, देउराली स्थित फर्ममा पालिएका ५४ वटा भेडा मरेका छन्।शुक्रबार राति दश बजे चलेको हावाहुरीसँगै परेको चट्याङले भेडा मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

स्थानीय प्रकाश राई, शुकबहादुर राई, सुरेन्द्र आङ्बो, टेकबहादुर गुरुङले संयुक्त रुपमा सञ्चालन गरेको फर्मका भेडा मरेका हुन्। १२ वटा भेडा घाइते अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

फर्ममा कार्यरत ५५ वर्षीय प्रेम राई चट्याङमा परेर घाइते हुभएका छन् । उनको दाहिने हात र खुट्टा नचल्ने भएका छन्। राईलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकीमा पुर्याइएको प्रहरी भनाइ छ।घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?