१४ जेष्ठ ,गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् । रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती
१३ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो । चेपाङ समुदायका
१३ जेष्ठ ,काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ
१२ जेठ, काठमाडाैँ । त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारीलाई अघि बढाइने जनाइएको छ
१२ जेठ, खोटाङ। वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण
१२ जेष्ठ ,रसुवा । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् ।ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो । दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब,
११ जेठ, जुम्ला । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन् । प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको भौतिक संरचना विद्यार्थी सङ्ख्या अनुसार भरपर्दो
११ जेठ, खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो । नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको
१० जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते
१० जेठ, सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो । यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन् । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न