Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

दाताको सहयोगमा धार्मिक पुस्तकालय


१४ जेष्ठ ,गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् ।

रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गरे । पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह गरिएको छ ।

पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बताए । उनले भौतिक संरचना र पुस्तक थप्दै जाने बताए । “धार्मिक र आध्यात्मिक पुस्तक थप्दै जान्छौँ”, उनले भने, “राधाकृष्ण मन्दिरको एउटा अभिन्न अङ्गको रूपमा पुस्तकालयलाई विकास गर्ने योजना छ ।”

राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले पुस्तकालयमा धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू खोजी–खोजी सङ्ग्रह गरिने बताए । उनले श्रेष्ठ परिवारले पुस्तकालयसँगै मन्दिरको भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा उल्लेखनीय सहयोग पुर्याएको बताए ।

बागलुङ–३ मा अवस्थित राधाकृष्ण मन्दिर हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल हो । श्रीकृणाष्टमीलगायत धार्मिक पर्वमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । स्थानीयवासीले मन्दिरलाई धार्मिक सत्सङ्ग र अनुष्ठानका गर्ने स्थलका रूपमा लिने गर्छन् ।

स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा राधाकृष्ण मन्दिर विकसित भइरहेको बताए । उनले वैदिक धर्म, संस्कृति र पूर्वीय दर्शन तथा सभ्याताको उत्थान एवं प्रसारमा धार्मिक पुस्तकालयले महत्वपूर्ण टेवा पुर्याउने बताए ।

उनले प्रविधि र यन्त्रमा आएको नयाँ विकासले पुस्तकालयको महत्व नघट्ने धारणा राखे । “पुस्तकालको महत्वपछि झन्–झन् बढ्छ”, उनले भने, “नयाँ–नयाँ प्रविधिको प्रयोग गरेर पुस्तकालयलाई थप सुसज्जित र समयालुकूल बनाउन सकिन्छ ।”


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?