१८ जेठ, काठमाडाैँ । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनका नेपाल
१७ जेठ, काठमाडाैँ । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ । उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले आजको दुर्घटनाबाट पाठसिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने
१६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो । नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क
१६ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार
१५ जेठ, काठमाडाैँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । चालु आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट
१४ जेठ, काठमाडाैँ । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १३०.६४ प्रतिशत
१४ जेठ, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छन् । सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले हिमाल
१४ जेठ, कैलाली । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा
१३ जेठ, कालिकोट । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्याउने उद्देश्यले ‘एनटी फाइबर’ को शुभारम्भ गरिएको हो । एउटै तारबाट एचडी
१२ जेठ, एजेन्सी । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन हुने र वार्षिक रूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ । उक्त परियोजनाले क्षेत्रीय