Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

कृषि


मह आयात रोक्न माग

१४ चैत्र ,भरतपुर । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए ।

हात्तीमैत्री ‘सामूहिक खेती’

१४ चैत्र ,झापा । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री

वर्षा भएपछि किसान उत्साहित

१३ चैत्र, ताप्लेजुङ। लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगे ।

बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम

१३ चैत्र ,काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग पर्याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका

कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

१२ चैत्र ,जुम्ला । जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ । यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ । जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का

ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला हुने

१२ चैत्र ,ताप्लेजुङ । ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव हुने भएको छ । घरेलु उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले चैत २१ देखि २५ गतेसम्म मेला तथा महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ । “उद्यम गरी स्वरोजगार

युक्रेनले सन् २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने

१२ चैत्र, एजेन्सी। युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् । “युक्रेनलाई आबश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रूपमा उपलब्ध

एकल महिलालाई वडाको साथ, जीवनस्तर उकास्न पाठापाठी वितरण

११ चैत्र, मोरङ । विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । वडाले ‘लक्षित वर्ग उत्थान

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

११ चैत्र ,मङ्गलबारे । चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ । इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका

यस वर्ष आँपको उत्पादन बढ्ने

८ चैत्र, बाँके । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएका बारी होस्

सम्वन्धित समाचारहरु