Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तर्बुजा खेतीमा रमाउँदै सुन्दर


२८ चैत ,नुवाकोट । सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहेका छन्‌ । उनले गएको वर्षदेखि विदुर नगरपालिका–६ मा २० रोपनी जग्गा भाडामा लिएर तर्बुजा खेतीको सुरुआत गरेका थिए ।

जिल्लामा नगन्य मात्रामा हुने तर्बुजा खेतीलाई उनले व्यावसायिक रुपले अगाडि बढाएका हुन्‌ । “दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषि तालिमको लागि विसं २०७५ मा इजरायल जाने अवसर पाएको थिए । १० महिनाको अवधिमा कृषिको बारेमा धेरै कुरा सिके । तालिमकै समयमा आफ्नै ठाउँमा कृषि खेती गर्छु भन्ने अठोट लिएको थिए”, उनले भने, “आफ्नो ठाउँ फर्किएपछि तीन जनाले सामूहिक रुपमा करेला, गोलभेडा, घिरौँलासँगै सयपत्री फूलको खेती गर्न थाल्यौँ । त्यसलाई पनि निरन्तरता दिँदै गत वर्षदेखि एकल रुपमा तर्बुजा खेतीको सुरुआत गरे । सरस्वती, भिशाला, किरण र मन्नत गरी चार प्रजातिको तर्बुजा यहाँ पाइन्छ ।”

गत वर्षको उत्पादनले बजार व्यवस्थापनमा देखेको तितो यथार्थले उहाँलाई यस खेतीमा झन् बढी सक्रिय बनाएको छ । अबको दुई हप्ताभित्रमा उत्पादित तर्बुजालाई बजार पुर्‍याउने चटारो हुने उनको भनाइ छ । “व्यापारी यही आएर उत्पादन के कस्तो छ भनेर हेरि रहेका छन्‌। तर म व्यापारीमार्फत भन्दा पनि आफैँले नै उपभोक्तासम्म पुर्‍याउने सोचमा छु । जसले गर्दा उपभोक्ताको साथै मलाई पनि फाइदा हुनेछ”, उनले भने, “गुणस्तरीय उत्पादन गर्नुपर्छ भनेर मेहिनत गरिरहेको छु ।

तर्बुजामा लाग्ने किरा नियन्त्रणको लागि जैविक प्रविधि अपनाएको छु ।” स्थानीयको बाँझो जमिन भाडामा लिएर सुरु गरिएको खेतीमा रु १० लाख लगानी भइसकेको छ । त्रिशूली नदीको नजिक खेती गरिएको कारण सिँचाइको सुविधा रहेको छ । व्यावसायिक कृषिमा आबद्ध कृषकको लागि सबैभन्दा ठूलो समस्या नै बजार व्यवस्थापन रहेको उनको भनाइ छ । “स्थानीय तहदेखि कृषिको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसस्थाले हाट बजार सञ्चालन गरिदियो भने बजारको समस्या हुने थिएन भन्ने लाग्छ”, उनले भने, “यहाँ तर्बुजा खेतीसँगै काक्रो र कुरिलो खेती पनि गरेको छु । यसको सबै काम आफूले मात्र गर्न भ्याइन्न । परिवारका अन्य सदस्य सधैँ सँगै हुन्छन् । स्थानीयलाई दिन गन्तीको हिसाबले काममा लगाउँछु ।”

बाहिरी बजारबाट जिल्ला भित्रने तर्बुजालगायत कृषि उपज विस्थापन गर्नको लागि स्थानीयस्तरमा नै उत्पादनमा जोड दिनु आवश्यक छ । त्यसको लागि वेलकोटगढी नगरपालिका–५ का सुन्दर नेपालको जस्तै अन्य युवामा इच्छाशक्तिकोे खाँचो रहन्छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?