Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

किसानललाई घाँसको बीउ र औषधि


२३ चैत ,म्याग्दी । म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाको छवटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला बाख्रा ब्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ किसानलाई पालेको बाख्रा सङ्ख्याको आधारमा औषधि र घाँसको बीउ वितरण गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशका पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले किसानलाई औषधि र घाँसको बीउ वितरण गरेका थिए ।

सात सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको हो । व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो ।

गत वर्ष ३९ किसान ब्लक कार्यक्रममा आबद्ध भएका थिए । यस वर्ष १० भन्दा बढी बाख्रा पालेका किसानलाई कार्यक्रममा आबद्ध गराइएको जिल्ला बाख्रा व्यवसायी सङ्घका उपाध्यक्ष महेन्द्र बानियाँले बताए ।

म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने तथा नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य छ ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?