Trending
>>   आज मिति २०८२ साल साउन २६ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा ढकाल र महासचिवमा गौतम निर्वाचित >>   सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ >>   पिकअप गाडी दुर्घटना परि १७ जना घाइते >>   पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो >>   सुनको मूल्य आज कतिमा कारोबार भइरहेको छ >>   आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ >>   जनकपुरमा रेल र कार ठोक्किएका छन् >>   आज मिति २०८२ साल साउन २५ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   पहिरोले पर्वतमा जिप पुर्‍यो
Logo
२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

कृषि


एउटै वडामा १० करोडको आलु उत्पादन

७ वैशाख, स्याङ्जा । हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् ।

घट्दै चैते धानको खेती

७ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। १० वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले १ हजार ८०० क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी।

अण्डाले पाउन थाल्यो मूल्य

५ वैशाख, काठमाडाैँ । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी ६ महिनाअघि संगठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) को २४० रुपैयाँ हाराहारीमा झरेको थियो

जुम्लामा मार्सीधानको खेती घट्दै

४ वैशाख, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

४ वैशाख, गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम

पानी नपरेपछि गुजाराको चिन्ता

३ वैशाख, महोत्तरी । वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्ने बित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो । ‘खेतबारीमा भान्टा, परवल, घिराैंला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको

किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई

२ वैशाख, कैलाली । कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानगाउँकी कृषक

पहाडी पालिकामा हाटबजार सुरु

२ वैशाख, उदयपुर । उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् । लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए । “गाउँपालिकालाई समृद्ध

कुरिलो खेतीबाट मनग्य आम्दानी

२ वैशाख ,मध्यविन्दु । नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए। अन्य खेतीमा भन्दा भौगोलिक

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

१ वैशाख, पोखरा। पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ। महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले एम्बुलेन्स सेवाको सुरुवात गरेका हुन्। उनले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्‍याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी

सम्वन्धित समाचारहरु