Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

कृषकलाई अनुदानमा उपकरण


३ जेठ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए ।

व्यक्तिगत कृषि दर्ता गरेका कृषक, सहकारी र कृषि समूहलाई यसपटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । सत्रवटा चापाकटर, १८ वटा मिनिटेलर हलो, एक सय ४४ वटा प्लास्टिक टनेल वितरण गरेको उहाँले बताउनुभयो । सबै औजार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउँछन् । कृषक र समूहले माग गरेअनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरण गरेको अधिकारीको भनाइ छ ।

उनले भने, “नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोहीअनुसार रु तीन लााख ५० हजारको चापाकटर, साढे चार लाखको मिनीटेलर र साढे चार लाखकै प्लास्टिक टनेल वितरण भएको छ, कृषि सामग्री पाएपछि कृषक हर्षित हुनुभएको छ, यसले उहाँहरूलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषिकर्ममा लाग्न प्रेरणा मिल्ने छ ।”

कृषि औजार प्राप्त गर्नुभएका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठूलो मद्दत पुग्ने बताए । उनले आधुनिक प्रविधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्न थालेको बताए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताए । कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पुर्याउने अपेक्षा लिएको उपप्रमुख कायतको भनाइ छ । परम्परागतरूपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भरनै हुनुपरेको भन्दै अब हरेक कृषकलाई प्रविधिसँग जोड्ने उनले बताए ।

उपप्रमुख कायतले भने, “हाम्रो नगरपालिकाभित्र धेरै खेतीयोग्य जमिन छन्, अहिलेसम्म कृषकले पुरानै शैलीमा कृषि गर्दा धेरै उत्पादन हुनसकेको छैन, वर्ष दिन काम गरेर छ महिना खान नपुग्ने अवस्था छ, यो अवस्था नयाँ प्रविधि नअपनाउँदा आएको हो, अब कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने र सामान्य ज्ञान दिने, उन्नत जातका बीउबिजन वितरण गरेर कृषिबाट आत्मनिर्भर बनाउने प्रयास हामीले गरिरहेका छौँ ।”


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?