Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: ‘म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे?’ >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

मह प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा


३ जेठ, लमजुङ । पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो ।

केन्द्रको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका लागि उक्त केन्द्र स्थापना गर्न लागिएको हो । मह प्रशोधनका लागि एकतले आर्सिसी भवनमा ठूलाठूला दुईवटा कोठा निर्माण गरिएको सो समितिका संयोजक केशबहादुर गुरुङले बताए । हाल फिनिसिङ र झ्यालढोका राख्ने काम भइरहेको छ । उनका अनुसार विसं २०७९ वैशाखमा सम्झौता भई उक्त केन्द्रको निर्माण सुरु गरिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक वर्ष २०७८/७९ को रु १५ लाख बजेट र ०७९/८० को रु १४ लाख बजेट गरी रु २८ लाखमा भवन निर्माण भइरहेको बताइएको छ । संयोजक गुरुङका अनुसार मह प्रशोधनका लागि ग्रामीण सामुदायिक विकास केन्द्रले रु चार लाख बराबरको मह प्रशोधन उपकरणसमेत सहयोग गरेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवन यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी निर्माण तीव्र बनाइएको छ । परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा बर्सेनि करिब ५० टन बढी मह उत्पादन हुँदै आएको छ ।

उनले भने, “जिल्ला तथा जिल्लाबाहिर महको माग उच्च रहेकाले जिल्लाका किसानहरु मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा प्रतिकेजी रु एक हजार एक सयमा मह बिक्री हुँदै आएको छ । उत्पादित महलाई घरमा प्रशोधन गर्दा त्यति शुद्ध नहुनाका साथै धेरै समय लाग्ने भएकाले छिटोछरितो प्रशोधनका लागि केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ । उक्त केन्द्रमा एक पटकमा एक सय लिटरसम्म मह प्रशोधन हुने बताइएको छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?