१९ चैत्र, बाँके । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
१९ चैत ,सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरेका हुन् । गाउँपालिकाले
१९ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनि शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले राससलाई जानकारी दिएका छन् । “राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि शनिबार साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने ।
१८ चैत ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उनि घरमै स्वास्थ्यकर्मीको
१८ चैत ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १० पाथेकामा सञ्चालित स्वास्थ्यचौकीलाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण प्रदान गरेको छ । नेपाल सरकार सङ्घीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक थाल कार्डियाक मनिटर र प्रदेश सरकार स्वास्थ्य आपूर्ति महाशाखाले उपलब्ध गराएको १५ थान सेमी अटो एनालाइजर नगरपालिकाले
१८ चैत्र, हुम्ला। हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन
१८ चैत्र, बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र
१८ चैत्र, एजेन्सी । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन
१८ चैत्र, कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । “स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भने, “अर्को हप्तादेखि सेवा
१८ चैत ,खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा रु १७ लाख एक हजार सहयोग जुटाइएको