Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’


२६ चैत ,चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन्‌ ।

भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्छ भने । सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए ।

उनले भने, “अहिले बिरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण हो ।” भरतपुर अस्पताललाई सरकारले पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिइसकेको उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यसचिव बद्रीबहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए । बागमती प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको यस अस्पतालको विकासमा प्रदेश सरकार रहेको जनाउँदै उनले यस अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न सकारात्मक रहेको बताए । अहिले विसं २०५१ को ‘ओएनएम सर्भे’अनुसार अस्पतालहरूमा कर्मचारी कम भएकाले सेवा प्रभावकारी बनाउन नसकिएको उनले जानकारी दिए  ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधकिारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, सरकारी चिकित्सक सङ्घ चितवन शाखाका अध्यक्ष डा मणिप्रसाद गौतमलगायतले बोलेका थिए ।

सो अवसरमा अस्पताललाई उत्कृष्ण योगदान पुर्‍याउने विभिन्न व्यक्ति र कर्मचारीलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?