Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मङ्गलटारमा स्वास्थ्य शिविर


२६ चैत्र, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए ।

शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित सेवा प्रदान गरिएको थियो । शिविरका संयोजक नवराज अधिकारीले शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा कोमलराज रिजाल र प्रेम पौडेल, विपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा नवराज बस्नेत, नाक, कान, घाँटी विशेषज्ञ डा कृति अधिकारी र डा प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा सहज्योति शाहले सेवा प्रदान गरेका थिए । सो विद्यालयका शिक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित भएको जानकारी दिए ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?