Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मङ्गलटारमा स्वास्थ्य शिविर


२६ चैत्र, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए ।

शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित सेवा प्रदान गरिएको थियो । शिविरका संयोजक नवराज अधिकारीले शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा कोमलराज रिजाल र प्रेम पौडेल, विपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा नवराज बस्नेत, नाक, कान, घाँटी विशेषज्ञ डा कृति अधिकारी र डा प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा सहज्योति शाहले सेवा प्रदान गरेका थिए । सो विद्यालयका शिक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित भएको जानकारी दिए ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?