Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

स्वाश्थ्य


मुगुको स्वास्थ्य चाैकीमा औषधिको अभाव, एक चक्की सिटामोलसमेत पाउन मुस्किल

१५ असार, मुगु । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो । दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी

कालीकोटमा कालाजारका बिरामी भेटिए

१५ असार ,मान्म । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन् । यसको उपचार

खोपको गुणस्तर कामय राख्न निर्देशन

१४ असार ,नेपालगञ्ज । बाँकेमा बालबालिकालाई लगाइने खोपको गुणस्तर कामय राख्न लुम्बिनी प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनका क्रममा खोपको गुणस्तर कायम राख्नका लागि खोपको ‘कोल्डचेन’ व्यवस्थापन गर्न निर्देशन दिएको हो । प्रत्येक वर्ष खोज र खोप रणनीति अवलम्बन गर्दै पाँच वर्षमुनिका बालबालिकालाई खोप

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम

१४ असार, पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नू : औषधि विभाग

१४ असार, काठमाडाैँ । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शंका लागेमा परीक्षण गरेर मात्र बिक्री–वितरण गर्न अनुरोध गरेको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर यकिन गरेर मात्रै मात्र बिक्री–वितरण गर्न अनुरोध गरेका हुन्। ‘विभिन्न अस्पतालमा

एउटै जिल्लाका छ हजार गाईभैँसीमा लम्पीस्किन सङ्क्रमण

१४ असार, चितवन । चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

१३ असार ,ढाका । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको

राष्ट्रपति पाैडेल अस्पतालबाट डिस्चार्ज

१३ असार, काठमाडाैँ । अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएका छन् । उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत पौडेल डिस्चार्ज भएका हुन् । अस्पतालका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार असार

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

१३ असार, हेटाैँडा । आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र

भोलिदेखि काठमाडाैँ उपत्यकामा २ हजार २८ शय्या निःशुल्क उपलब्ध हुने

१३ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी

सम्वन्धित समाचारहरु