Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या


२१ असार, काठमाडाैँ । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताए । हाल अस्पतालमा जनरल फिजिसियन, गाइनो, एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिष्ट र एनएसथेसिया लगायतका विशेषज्ञ मात्रै छन् ।

“विशेषज्ञ चिकित्सक पनि एक जना मात्रै हुँदा शल्यक्रियादेखि बिरामीको जाँच एउटै चिकित्सकले गर्नुपरेको छ विरामीको चाप धेरै छ”, उनले भने, “विशेषज्ञ बाहेकका अन्य मेडिकल अधिकृत, नर्सिङ, ल्याबका स्वास्थ्यकर्मीहरु समेत अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।”

अस्पतालको सेवा विस्तार हुँदै गएपनि स्थापनाकालदेखि दरबन्दीअनुसारका चिकित्सक नहुँदा यहाँका नागरिकले स्वास्थ्य उपचारको लागि सीमावर्ती शहर अथवा धनगढी धाउनुपर्ने बाध्यता छ । “सामान्य शल्यक्रियाका लागि एक सातासम्म विरामीले कुर्नुपर्ने अवस्था छ”, भट्टले भने, “एउटै विशेषज्ञ चिकित्सक हुँदा समस्या भएको छ त्यसैले हामीले बारअनुसार सेवा दिने गरेका छौँ ।”

यहाँ विशेषज्ञ चिकित्सक आउन नमान्ने गरेको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोक पाण्डेयको अनुभव छ । “हामीले अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन धेरै प्रयास ग¥यौ, चिकित्सकहरु आउन मानेनन”, उनले भने, “यहाँ आम्दानी कम छ निजी मेडिकल छैनन, अस्पतालबाट अतिरिक्त सुविधा उपलब्ध गराउन सकिएको छैन ।”

विगतमा चिकित्सकमाथि हुने धरपकडले पनि महेन्द्रनगरमा चिकित्सक आउन नचाहने उनको बुझाइ छ । स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा समेत राजनीतिक हस्तक्षेप हुन थालेपछि अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको यहाँका स्थानीय मदन चन्दको भनाइ छ ।

“राज्यले स्पष्ट कानुन बनाउन नसक्दा कर्मचारी भनेको ठाउँमा जादैनन”, उनले भने, “जनप्रतिनिधिले समेत चासो नदिएका कारण दरबन्दी अनुसारका चिकित्सक अभाव भइरहेको छ ।”

विसं २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको महेन्द्रनगरस्थित महाकाली प्रादेशीक अस्पताल २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा रुपान्तरण भएको थियो । जिल्ला अस्पतालमा रुपान्तरण भएपनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भएको थियो ।

जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर)का रुपमा परिणत भए पनि अस्पतालले आवश्यकता अनुसारको जनशक्ति पाउन सकेको थिएन । अस्पताल सञ्चालनका लागि विसं २०४५ सालमा अस्पताल समिति विकास गठन भएको थियो । विसं २०६१ सालमा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी एक सय शय्याको सञ्चालन गर्न स्वीकृती प्राप्त भयो ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?