२२ चैत्र, कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर
२२ चैत्र, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५०
२२ चैत ,गण्डकी । कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ । भेटेरेनरी
२१ चैत्र, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात
२१ चैत्र, धनकुटा । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन् । उनि सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार
२१ चैत ,बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो । सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई
२० चैत्र, काठमाडाैँ । देशभर ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११५१ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट ४९ तथा एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको
२० चैत्र, जर्मनी । बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स
२० चैत्र, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले
२० चैत्र, काठमाडाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान सो अस्पताल पुगेका हुन् । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल