Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भक्तपुर अस्पताल सर्वोत्कृष्ट


९ जेठ, भक्तपुर । भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले ९७ अङ्क प्राप्त गरी देशकै सर्वोत्कृष्ट हुन सफल भएको जानकारी दिए । स्वास्थ्य विभागका मीरा निरौला, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुईलगायतको मूल्याङ्कन टोलीले देशभरका अस्पतालको मूल्याङ्कन गरेको थियो ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?