Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कम हुँदै कोरोना भाइरस सङ्क्रमित


७ जेष्ठ ,काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ ।

यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए ।

उनले भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको बताए । “भारतमा पनि सङ्क्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उनले भने, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।”

उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताए । अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?