Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कम हुँदै कोरोना भाइरस सङ्क्रमित


७ जेष्ठ ,काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ ।

यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए ।

उनले भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको बताए । “भारतमा पनि सङ्क्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उनले भने, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।”

उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताए । अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?