Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

स्वाश्थ्य


कस्तो छ एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था ?

४ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहकेकी छन् । “उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ”, प्रेस संयोजक बजगाईंले भने, “भाइरल ज्वरो भएकाले

राष्ट्रपति पाैडेल अस्वस्थ, शिक्षण अस्पताल लगियो

४ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेल अस्वस्थ भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि पाैडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको जानकारी दिइएको छ । चिकित्सकहरूले संक्रमणको कारण पत्ता लगाइरहेका छन् । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा

तिला गाउँपालिकाका तीन वडा पूर्णखोप सुनिश्चित

४ वैशाख, जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो । ‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए/नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने

देशभर तीन दिनसम्म तुँवालो रहने, अत्यावश्यक काम नभई बाहिर ननिस्कन अनुरोध

४ वैशाख, काठमाडाैँ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने

एमाले अध्यक्ष केपी ओली बिरामी

३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन् । ओली आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, 'भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ

कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु

३ वैशाख, चितवन । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

३ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी

वैशाख ११ देखि खोप सप्ताह मनाउँदै स्वास्थ्य मन्त्रालय

२ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको

भारतमा २४ घण्टामा थपिए १० हजारभन्दा बढी कोरोना संक्रमित

२ वैशाख, एजेन्सी । बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार

सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण

१ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले

सम्वन्धित समाचारहरु