Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु


१० वैशाख, एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् ।

तथ्याङ्क अनुसार यो बर्षको पहिलो १०० दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ ।

यो मौसममा अहिलेसम्म बाल रोगका कारण १४३ जनाको मृत्यु भएको छ । सीडीसीको तथ्याङ्कअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन् ।

अमेरिकामा छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ ।

फ्लु रोगको उपचारमा प्रयोग गर्न सकिने सिफारिस गरिएका ‘फ्लु एन्टिभाइरल’ औषधिहरू पनि छन्, जसलाई जतिसक्दो चाँडो सुरु गर्न आवश्यक छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?