Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पत्रकार इन्द्र लोहनीकी बहिनी विजयालाई क्यान्सर, सहयोगका लागि गरिन् अपिल


१० वैशाख, काठमाडाैँ । झापा घर भइ हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेकी छन् । पत्रकार स्व. इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेकी हुन् ।

उनी तीन वर्षयता क्यान्सर रोगसँग लडिरहेकी छन् । ‘उपचार प्रक्रिया महँगो छ । तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ । त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ,’ उनले भनिन् ।

उनलाई तीन वर्ष अगाडि पाठेघरको क्यान्सर देखियो । त्यसको १० महिनापछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो । त्यसलगत्तै क्यान्सर ठुलो आन्द्रामा सर्‍यो । ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार नआएको उनले बताइन् ।

क्यान्सरपीडित विजया एकवर्षयता भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । उनका अनुसार अढाई महिनाको अन्तरालमा एकपटक दिल्ली जानुपर्छ । ‘तीन वटा किमो गरेर ७५ दिनमा एकपटक दिल्ली जानुपर्छ । त्यहाँ स्वास्थ्य परिक्षण हुन्छ । औषधि दिल्लीबाटै ल्याएर बी एन्ड बी अस्पतालमा किमो लिने गरेकी छु,’ उनले भनिन् ।

मध्यम् वर्गीय किसान परिवारमा हुर्किएकी लोहनी उपचारकै क्रममा एक करोड ५० लाख रुपियाँ ऋणमा परेकी छन् । देश र विदेशमा बस्ने साथीहरूले सहयोग गरिरहेको उनले बताइन् । ‘दुवै छोरा पढ्दैछन् । म बिरामी भएपछि ठुलो छोराको पढाइ छुट्यो । तर साथीहरूले निर्ब्याजी आर्थिक सहयोग गरिरहनुभएको छ,’ उनले भनिन् ।

उनले एकपटक दिल्ली जाँदा सम्पूर्ण परीक्षणको तीन लाखदेखि पाँच लाख रुपियाँ लाग्ने बताइन् । उनका अनुसार औषधिसहित अन्य मासिक खर्च एक लाख रुपैयाँ छ । ‘५३ वटा किमो लिइसकेकी छु । अब ठुलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ, त्यसका लागि चार लाख रुपैयाँ लाग्छ । सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला,’ उनले भनिन् ।

क्यान्सरले स्वास्थ्यमा गम्भीर समस्या आएपछि लोहनीले अहिले आफ्नो दाजुलाई सम्झिरहेकी छन् । ‘रोग त लाग्थ्यो होला, तर दाजु हुनुभएको भए रोग लागे पनि मेरो उपचार सहजै हुन्थ्यो होला,’ उनले भनिन् ।

क्यान्सरपीडित विजया लोहनीलाई सहयोग गर्नका लागि उनको प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नेछन् ।

विजया लोहनी

सनराइज बैङ्क लिमिटेड

खाता नं. ०३२०६४८४७८२०२००१

फोन नं. ९८४२०६६२५४


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?