२९ ,श्रावण ,काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो । नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र
२९ श्रावण, एजेन्सी । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण
२९ श्रावण, काठमाडाैँ । बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी भदौ १ गतेबाट १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो । प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्री स्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एआईसीयू र आइसियु
२८ श्रावण, दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो । लाखौँ रकम खर्च गरी ल्याइएका पाँच आइसियु शय्यामध्ये दुई आइसियु अहिलेसम्म प्रयोगमा नआइ थन्किएका छन् । आइसियु र भेन्टिलेटर कक्षको व्यवस्था पछि जटिल खालको उपचार जिल्लामै
२८ श्रावण, काठमाडाैँ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरे । गत आर्थिक वर्ष २०७९/८०
२८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ । बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो । मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप
२६ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि
२६ श्रावण, स्याङ्जा। स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर
एजेन्सी । लामो समयदेखि मानिसलाई फिट रहन एक दिनमा १० हजार पाइला हिड्नुपर्छ भनिँदै आइएको थियो । तर, एक नयाँ अनुसन्धानले एक फिट रहनका लागि एक दिनमा ५ हजार पाइला हिड्नु पर्याप्त हुने देखाएको छ । विश्वभरका २ लाख २६ हजार भन्दा बढी मानिसहरूको विश्लेषणले एक दिनमा ४ हजार पाइला मात्रै
२५ श्रावण, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरूङको ब्लड प्रेसर लो भएको छ । अहिले उनको थप परीक्षण भइरहेको जानकारी दिइएको छ ।