Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र


३ ,भाद्र ,कास्की । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।

हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नं १९ को लामाचौर, वडा नं २१ र वडा नं २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो ।

लामाचौर र वडा नं २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि पूर्वाधार तयार भइसकेकाले आवश्यक जनशक्ति र साधन स्रोत व्यवस्था गरी छिट्टै सञ्चालमा आउने महानगर स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताए ।

उनले भने, “नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा सहरी स्वास्थ्य केन्द्रबाट उपलब्ध हुन्छ । थप तीनवटा स्वास्थ्य केन्द्र सञ्चालनको काम सुरु भएको छ ।”

कास्कीकोटको बास्कोटमा पूर्वाधार निर्माणकार्य सुुरु भएको छ । बास्कोट सहरी स्वास्थ्य केन्द्र भवन रु चार करोड लागतमा निर्माण हुँदैछ । सो केन्द्र भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने महानगरले जनाएको छ ।

दुईतलाको सुविधासम्पन्न सो सहरी स्वास्थ्य केन्द्रको भवनलाई भविष्यमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । सो वडामा हाल स्वास्थ्यचौकी सञ्चालनमा छ ।

पोखरा–२४ को तल्लो भाग र वडा नं २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधासम्पन्न बनाइने महानगरले जनाएको छ । महानगरका वडाहरूमा ल्याब परीक्षणसहितका शिविर सञ्चालनका अभियानसमेत थालिएको छ ।

पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकलाई सुविधा हुने बताए । सामान्य स्वास्थ्यसम्बन्धी समस्या भएपछि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।

पोखरा महानगर मातहतमा अहिले एक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुई, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एक, स्वास्थ्यचौकी १९ र सहरी स्वास्थ्य केन्द्र २३ वटा सञ्चालमा छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?