Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

खर्कमै पुगेर बालबालिकालाई खोप


२ ,भाद्र ,सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ ।

स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो ।

हुम्लामा वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लैजनुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको हो ।

सिमकोट गाउँपालिका–१ चुवाखोला वन र सोही पालिकाको वडा नं ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

चुवाखोला र रानीशैना खर्कमा गरी आठ बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, जेइ र मिजल्स रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको संयोजक भण्डारीले बताए ।

यस समयमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनीहरू बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो । यस्तै यी दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ गोठालाको स्वास्थ्य जाँच गरी औषधोपचार गरिएको हो ।

यसैगरी चुवाखोला खर्कमा सिमकोेट–१ मा रहेको स्वास्थ्य एकाइ दोजामका स्वास्थ्यर्की रत्न बोहरा, सोही वडामा रहेको कुम्ली आधारभूत स्वास्थ्य एकाइका धनजीत भण्डारी र वडा नं २ ठेहे स्वास्थ्यचौकीबाट खटिएका सविन भण्डारी र वडा नं ८ मा रहेका रानीशैना खर्कमा धरन शाही, खोल्सी स्वास्थ्य एकाइमा नवीन बुढालगायतको स्वास्थ्य टोली उपचारका लागि खटिएका थिए ।

बालबालिकालाई खोप लगाउनकै लागि आफूहरू डेढ दिन पैदल हिँडेर खर्कमा पुगेको ठेहे स्वास्थ्यचौकीबाट खटिएका स्वास्थ्यकर्मी सविन भण्डारीले बताए ।

जागिर खाएपछि नजिक टाढा नभनी काममा खटिएको उनीहरूको भनाइ थियो । बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?