Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

खर्कमै पुगेर बालबालिकालाई खोप


२ ,भाद्र ,सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ ।

स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो ।

हुम्लामा वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लैजनुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको हो ।

सिमकोट गाउँपालिका–१ चुवाखोला वन र सोही पालिकाको वडा नं ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

चुवाखोला र रानीशैना खर्कमा गरी आठ बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, जेइ र मिजल्स रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको संयोजक भण्डारीले बताए ।

यस समयमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनीहरू बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो । यस्तै यी दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ गोठालाको स्वास्थ्य जाँच गरी औषधोपचार गरिएको हो ।

यसैगरी चुवाखोला खर्कमा सिमकोेट–१ मा रहेको स्वास्थ्य एकाइ दोजामका स्वास्थ्यर्की रत्न बोहरा, सोही वडामा रहेको कुम्ली आधारभूत स्वास्थ्य एकाइका धनजीत भण्डारी र वडा नं २ ठेहे स्वास्थ्यचौकीबाट खटिएका सविन भण्डारी र वडा नं ८ मा रहेका रानीशैना खर्कमा धरन शाही, खोल्सी स्वास्थ्य एकाइमा नवीन बुढालगायतको स्वास्थ्य टोली उपचारका लागि खटिएका थिए ।

बालबालिकालाई खोप लगाउनकै लागि आफूहरू डेढ दिन पैदल हिँडेर खर्कमा पुगेको ठेहे स्वास्थ्यचौकीबाट खटिएका स्वास्थ्यकर्मी सविन भण्डारीले बताए ।

जागिर खाएपछि नजिक टाढा नभनी काममा खटिएको उनीहरूको भनाइ थियो । बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?