१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर संसद् चालू अधिवेशन अन्त्य गर्ने र छिट्टै बजेट अधिवेशन
१३ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह
१३ वैशाख, एजेन्सी । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन्
१३ वैशाख, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए । उनले भने “प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सासंद वा मन्त्री तीन पटक र पार्टी-दलको नेतृत्व दुई कार्यकालभन्दा
१३ वैशाख, काठमाडाैँ । ५ सय र १ हजारका नोट छाप्न बन्द गर्न सांसद खिमलाल देवकोटाले प्रस्ताव गरेका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा 'सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने'भन्ने विषयको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले यस्तो प्रस्ताव गरेका
१३ वैशाख, दाङ । घोराही –३ भैसकुर्माका आशाराम चौधरी तरकारी बेच्न दैनिक घोराही बजार आउने गर्थे । वर्षा लाग्यो कि उनलाई उत्पादित तरकारी बेच्न हम्मेहम्मे पथ्र्यो । वर्षा लागेपछि सिस्ने खोलामा बाढी आउथ्यो । खोलो तर्दा बगाउला भन्ने डर थियो । तर, अहिले त्यस्तो छैन । घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि सर्रा
१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्दै उनले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी
१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय सभाबाट संसदीय समितिमा तीन जना चयन भएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैकठबाट संसदीय समितिमा रहने तीन जनाको नाम टुंगो लगाएको हो । नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा परेका छन्
१३ वैशाख, दाङ। लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो ।
१३ वैशाख, गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका