Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन


१२ जेठ, काठमाडाैँ । टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिन लागिएको चर्चा चलेपछि उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर निवेदन दिएकी हुन् ।

सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी हुन् ।

‘सुरक्षाकर्मी भएको कारण कर्तव्यपरायणका सिलसिलामा मेरो पति एकपटक मृत्यु भयो तर वहाँबाट आश्रीत म र मेरा परिवार अनि हामी जस्ता पिडितलाई राजनीतिले पटक–पटक जिउँदै मारेको छ । २०७२ भदौदेखि निरन्तर घाउ माथि घाउ थपिदिएको छ राज्यले । अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ? संविधानका हक अधिकारको रक्षा हुन्छ ? अथवा पिडितले न्याय पाउछन ? कार्यकारी अधिकार लिएर सत्तामा रहेकाहरुमा मुखले न्याय, अधिकार, कानूनी शासन र लोकतन्त्रको खोक्रो सपना बाँडेर हाम्रो आँशु बिक्री गरिरहेका छन । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बदनाम हुदै गएको राजनीतिले हामी पिडामा परेकालाई हेर्छ, आश्रय दिन्छ अथवा राज्य हाम्रो साथमा छ भन्ने कल्पना समेत उध्रिएर छरपस्ट भएको छ,’ उनले निवेदनमा भनेकी छन्, ‘सिँउदो फुस्रै भएपनि न्यायलयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरिहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कहि छैन् । पिडामा परि निरिह भएका राज्यबाट अपहेलितका लागी रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ ।’


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?