Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता


१२ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् । स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उहाँ आज बिहान स्वदेश फिर्ता भएका हुन् ।

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायसँग भेट गरेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए । बजेटका कारण उहाँले महासभा नसकिँदै स्वदेश फर्किएका हुन् ।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो । मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ ।

महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ । महासभा यही जेठ ७ देखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुनेछ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?