Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रेशम चौधरीको आममाफीको फाइल राष्ट्रपति कार्यालयले पठायो फिर्ता


१२ जेठ, काठमाडाैँ । राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहेका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृहमन्त्रालय पठाइएको छ ।

‘‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको छ ।’’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले सो कुरा बताए ।

यसैगरी, सोही घटनामा निधन हुनुभएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिनुभएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमै कायार्थ पठाएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?