Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

महिला भलिबलमा भारत फाइनलमा


१२ जेठ, काठमाडाैँ । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२०, तेस्रो तथा अन्तिम सेट २५–१५ मा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल यही जेठ १४ गते हुनेछ ।

नेपाल र काजकिस्तानबीचको दोस्रो सेमिफाइलन खेल आज साँझ हुँदैछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन् ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?