२ वैशाख, एजेन्सी । पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ । साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ । स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ शहरको एक गाउँमा रहेको
२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई विमानस्थलबाटै फर्काइएको छ । भारत जान लागेका उनलाई नेपाल वायुसेवा निगमले रोकेको हो । भारत जान लाग्दा उनले विमान चढ्ने बेलामा राष्ट्रिय परिचयपत्र देखाएका थिए । तर, विमानस्थलमा निगमका कर्मचारीले राष्ट्रिय परिचयपत्र मान्य नहुने भन्दै विमान चढ्नबाट रोकेका हुन् ।
२ वैशाख, काठमाडाैँ । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर
२ वैशाख, चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट
२ वैशाख,एजेन्सी । पाकिस्तानले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र चीनबाट कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री इशाक डारले पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउनका लागि एक अर्ब डलरको प्रतिबद्धता जनाएको बताएका छन् । डारका अनुसार चीनले
२ वैशाख, एजेन्सी । केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा
२ वैशाख, एजेन्सी । जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका विदेशी आवेदकहरूलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ । नयाँ प्रणाली अनुसार निश्चित
२ वैशाख, काठमाडाैँ । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट
२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको
२ वैशाख, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण भएको छ । सार्वजनिक स्थानमा भाषण गरिरहेको अवस्थामा किशिदामाथि पाइप जस्तो वस्तुले आक्रमण गरिएको समाचार संस्था रोयटर्सले रिपोर्ट गरेको छ । जापानको प्रसारणमाध्यम एनएचके वर्ल्डले उक्त स्थानमा केही विष्फोट भएजस्तो आवाज सुनिएको समेत उल्लेख गरेको छ । तर, प्रधानमन्त्री उच्च सुरक्षा घेरामा