१७ ,भाद्र ,बलेवा (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो । सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ ।
१७ ,भाद्र ,सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
१७ ,भाद्र ,रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले
१७ ,भाद्र ,बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन । वर्षा कम
१७ ,भाद्र ,कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग
१७ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्नी चढेको सरकारी गाडी रोकेर ट्राफिकले सोधपुछ गरेपछि सिंहदरबार जलाउने धम्की दिएको पाइएको छ । शनिबार महानगरको गाडीमा पत्नी चढेको गाडीमा ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र भए नभएको सोधेपछि उनले सोही रिस साँझ सामाजिक सञ्जालमा उतारेको पाइएको हो । उनले फेसबुकमा
१७ ,भाद्र ,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म
१७ भदाै, काठमाडाैँ । शनिबार सामाजिक संजाल मार्फत स्ट्याटस लेख्दै बालेनले महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने भन्दै आक्रोश व्यक्त गरेका छन् ।’ संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै उनले ‘आजको लागी केही भएन , भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
१६,भाद्र ,हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानअन्तर्गत आज उद्घाटनको दिन मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माण कार्य गरेको छ । माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्य जनतासँग श्रमदानमा जोडिएका हुन् । मकवानपुरको
१६,भाद्र ,काठमाडौँ । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका