Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

चितवनको माडीमा जङ्गली हात्तीको आतङ्क


चितवन । चितवनको माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् ।विगत तीन दिनदेखि हात्तीको आतङ्कले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए । दुई ट्रयाक्टर, एउटा जिपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए ।

असोज १४ गते हात्तीले एक जनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उनले बताए । धान पसाउने समयमा हात्तीको आतङ्कले माडीवासी त्रसित छन् । हात्ती नियन्त्रणका लागि निकुञ्जले सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ । टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा धानबालीमा क्षति पुर्याएको सापकोटाले बताए । अयोध्यापुरी र गर्दीमा हात्तीको आतङ्क बढी छ । निकुञ्ज नजिक जोडिएको क्षेत्रमा जङ्गली हात्तीले दुःख दिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार माडी क्षेत्रमा जङ्गली हात्तीले स्थानीयलाई समस्या बनाएको हो । उनले भने, “सम्साँझै हात्ती बस्तीमा पस्ने गरेको छ । यसले स्थानीय त्रसित बनेका छन् ।” निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र स्थानीयले हात्ती धपाउने काम गरिरहेका छन् ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?