Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सहकारी पीडितहरुलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध


काठमाडौं । ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सिआइबीले बचतकर्ताहरुमा अनुरोध गरेको हो । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितहरुबाट रु साढे चार करोड ठगी भएको भनेर उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित हुनुहुन्छ भने सम्पर्कमा अनाउनका लागि सूचित गरिएको जानकारी दिए
।
उक्त सहकारीका पदाधिकारीहरुले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीहरूले हिनामिना गरेका थिए । सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिकरुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए तर बचत गरिएको रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरु प्रहरीमा आइपुगेका थिए । पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडतहरुले उजुरी दिएका प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?