Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : अध्यक्ष ओली


१९ ,असोज ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा उनले विविधतामा एकता खोजेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै समानतामा आधारित एकता र त्यो एकतामा आधारित राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताए ।

“विविधतामा एकता खोज्नुपर्दछ । हामीसँग सांस्कृतिक भाषिक भौगोलिक विविधतालाई द्वन्द्वको विषय बनाउने होइन”, उनले भने ।

हिमाल, पहाड, तराइ, मधेस कुनै पनि क्षेत्रलाई छाड्न नसकिने बताउँदै अध्यक्ष ओलीले भने, “हामीसँग मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रामजानकी मन्दिरहरू छन् । विभिन्न ऐतिहासिक ताल तलैया छन् । यी हाम्रा समृद्धि र गौरवका प्रतीक हुन् ।”

एमालेले नेता तथा कार्यकर्तालाई इमान, न्याय, सत्यमा अडेर काम गर्ने सिकाउने उनको भनाइ छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?