कस्की। पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान / श्रीमतीकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार मृत्यु
५ ,मङ्सिर ,झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । उनले भने , “पक्राउ परेकी निज महिला इथियोपियाबाट गएराति कतारको दोहा हुँदै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ त्यस्तै माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोक ३० दिनसम्म
काठमाडौँ । गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । ती बहुउपयोगी सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क
काठमाडौँ । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो । त्यसमध्ये सबैभन्दा
पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गरेका छन् । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेलन २०२३’ शुभारम्भ गर्दै उनले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा,
काठमाडौँ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिएका
रुकुम। रुकुमपश्चिम रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी
काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिएका छन् ।