Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

मेलम्चीको पानी पथान्तरणका लागि निर्माण व्यवसायीलाई साईटमा परिचालन गर्ने निर्णय


काठमाडौं। मेलम्ची नदीको पानी पथान्तरणमा ढिलाइ भएको कारण काठमाडौं उपत्यकावासीले गरेको दबाबमूलक प्रदर्शनले अझ बढी गम्भीर बनाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

त्यस्तै, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मङ्गलवार बसेको बोर्ड बैठकले तत्काल निर्माण व्यवसायीलाई साईटमा परिचालनका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने निर्णय भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्ते जानकारी दिएका छन् ।

निर्माण व्यवसायीसँगको ठेक्कामा सोही कामको लागि थप भेरिएसन गर्नुपर्ने लगायत बिभिन्न प्राविधिक तथा करारीय समस्याहरूले गर्दा पानी पथान्तरणको कार्य सुचारु गर्न ढिलाइ भएको समितिले जनाएको हो ।

उक्त बैठकमा निर्माण व्यवसायी सिनो हाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सहमति अनुसार निर्माण व्यवसायी सिनो हाइड्रो तत्कालै साईटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार २ सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने छ ।

त्यस्तै, पथान्तरण पश्चात मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ ।

 


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?