Trending
>>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

समाचार


सामान्य अङ्कले घट्यो नेप्से

१ जेठ, काठमाडाैँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २०

अग्रगामी शक्तिले नै  विकल्प दिनुपर्छ : बाबुराम भट्टराई

१ जेठ, काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा उनले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताए । “हामीले समाजवादी

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालय पुर्याइयो

१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । म्याद थपको प्रक्रियाअघि बढाउने क्रममा उनलाई सरकारी वकिलको कार्यालय लगिएको हो । उनी हिजो साँझ बुढानिलकण्ठबाट पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएदेखि काठमाडाैँ फर्किने भन्दै रायमाझि बुटवलबाटै फरार

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की

१ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित

१ जेठ, जनकपुर । मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ । जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि हाल चार मन्त्रालय रिक्त छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई ती मन्त्रालय नेपाली कांग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टी र नेकपा (एकीकृत

चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास

१ जेठ, एजेन्सी । चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ । चीनको पूर्वी सहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

सहकारीको ३३ लाख चोरेर फरार भएका दुई जना पक्राउ

१ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको वैशाख १७ गते सहकारीबाट

फोहोर खोज्दै सगरमाथाको चुचुरो पुग्यो सेनाको टोली

१ जेठ, सोलुखुम्बु । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका ५ जना सैनिकसहित १० जनाको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ। टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ

विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बसेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बसेको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिती अन्त्यका लागि माग गरे ।

तनहुँ जलविद्युत् आयोजना: ठाडो सुरुङमा पेनस्टक पाइप जडान हुँदै

१ जेठ, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरु गरिएको छ । आयोजनाको चरण दुई अन्तर्गत ‘हाइड्रोमेकानिकल’ कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु गरिएको हो । ठाडो सुरुङमा जडान गर्नुपर्ने एक सय ५५ मिटर पेनस्टक पाइपमध्ये पाँच

सम्वन्धित समाचारहरु