१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ ।
म्याद थपको प्रक्रियाअघि बढाउने क्रममा उनलाई सरकारी वकिलको कार्यालय लगिएको हो । उनी हिजो साँझ बुढानिलकण्ठबाट पक्राउ परेका थिए ।
पक्राउ पुर्जी जारी भएदेखि काठमाडाैँ फर्किने भन्दै रायमाझि बुटवलबाटै फरार भएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म रायमाझीसहित १३ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार