Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण


१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बसेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बसेको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिती अन्त्यका लागि माग गरे । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दशेव्यापीरुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणका सन्दर्भमा सदनकोतर्फबाट सभामुखले रुलिङ गराइसक्नुभएको भए पनि सरकारले हालसम्म जानकारी नदिएकामा गुनासो गरे ।

सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाँड भएको बताए । विद्यार्थीले पाउनुपर्ने सामान्य सुविधासमेत नपाएको उल्लेख गर्दै उहाँले सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे । उनले नक्कली शरणार्थी प्रकरणको छानबिन चलिरहेका बेला अन्य विषय उठाएर छानबिन प्रभावित पार्न खोजिएको उल्लेख गरे ।

सांसद दिक्पाल शाहीले गत वेशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उन माग गरे ।

सांसद मनिष झाले विश्वका विभिन्न देशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको तथ्य पेस गर्दै मुलुकभित्र पछिल्ला दिनमा देखिएको नक्कली शरणार्थी प्रकरणमा जोडिएका मानिस भाग्न नपाउन भन्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद राजकिशोर यादवले सिराहाको सुखीपुरमा भएको आगलागीको घटनामा परी जनधनको क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गरे । सुक्खा मौसमका समयमा तराई मधेसका जिल्लामा आगलागीको घटनामा वृद्धि हुन थालेको उल्लेख गर्दै उनले त्यस्तो घटना न्यून गर्न सरकारले पहल गर्नुपर्ने बताए । नक्कली शरणार्थी प्रकरणलाई उहाँले देशद्रोहको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाहीको माग गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपद्मा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गए ।

सांसद अम्मरबहादुर थापाले नक्कली शरणार्थी प्रकरण मानव तस्करी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । उनले विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी भए पनि नीतिनियम र कानुनको प्रबन्ध नहुँदा नागरिकले सुविधा नपाएको बताए । सांसद दिपकबहादुर सिंहले मुलुकको दक्ष जनशक्ति विदेशिएकाले उनीहरुलाई देशभित्रै राख्न आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको प्रबन्ध गर्नुपर्ने बताए । बजेटमा दक्ष जनशक्तिका लागि देशभित्रै रोजगारीको प्रबन्ध गर्न उनले माग गरे ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?