Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

समाचार


सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन : रवि लामिछाने

१३ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे । सभापति लामिछानेले भने, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि

बङ्गलादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै व्यापक विरोधप्रदर्शन

१३ श्रावण, एजेन्सी । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन्भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली

ट्याक्सीलाई समातेर सरकारले सुन तस्करीका मालिक जोगाउन खोज्यो : रवि लामिछाने

१३ श्रावण, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले ठूला मान्छे देखेपछि सरकार अरू फाइल खोल्न लाग्ने बताए । उनले भने, 'बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई

धनुष मन्दिरमा पानी माग्दै किसानले चढाए दुध

१३ श्रावण, जनकपुर । लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत पानी नपरेर धान रोप्न नपाएर चिन्तित यहाँका किसान धनुषाधाममा रहेको प्रसिद्ध धनुष मन्दिरमा शनिबार दुध चढाएका हुन् । धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास

स्थानीयले बनाए अस्थायी मोटरेवल काठे पुल

१३ श्रावण, लमजुङ । यहाँका स्थानीयले एक महिना लगाएर अस्थायी मोटरेवल काठे पुल निर्माण गरेका छन् । बेँसीसहर नगरपालिका–१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन् । पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुधप्रसाद घलेले बताए । उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत

स्वास्थ्य शिविरबाट ६ सय ४१ लाभान्वित

१३ श्रावण, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित भएका छन् । गाउँपालिकाको वडा नं १ स्थित बारपाक स्वास्थ्यचौकीमा भएको शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ । शिविरमा बिरामीले रगत परीक्षण, इसिजीलगायत उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए

महाराष्ट्रको बुलढानामा सवारी दुर्घना, छ जनाको मृत्यु

१३ श्रावण, एजेन्सी । शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

१३ श्रावण, म्याग्दी । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो ।

भन्सार छलेर ल्याइएको करोड मूल्य बढीको हुक्का बरामद

१३ श्रावण, झापा । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएको छ । प्रहरीले शुक्रबार साँझ उक्त सामग्री लोड गरिराखेको ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले मेची भन्सारमा राजश्व नतिरी

सुरक्षा परिषद्ले गर्यो नाइजर सैन्य विद्रोहको निन्दा

१३ श्रावण, एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का सदस्य राष्ट्रको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उहाँको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको छ । असंवैधानिक ढङ्गले भएको

सम्वन्धित समाचारहरु